काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले दाइजो प्रथाविरुद्ध सशक्त कदम चाल्दै अबदेखि ‘दाइजोमुक्त विवाह’ को निम्तो मात्र स्वीकार गर्ने घोषणा गरेकी छन्। उनले स्पष्ट रूपमा भनेकी छन् । विवाह निमन्त्रणा पत्रमै “दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश उल्लेख नभए निम्तो अस्वीकार गरिनेछ।
पछिल्लो समय आफूले प्राप्त गरेका निमन्त्रणापत्रहरूमा यस्तो स्पष्ट सन्देश नदेखिएकोप्रति असन्तुष्टि जनाउँदै उनले समाज अझै दाइजो जस्तो कुरीतिबाट मुक्त हुन नसकेको टिप्पणी गरिन्।
ठाकुरले दाइजो लिनु–दिनु मात्र नभई त्यस्ता विवाहमा सहभागी हुनु, भोज खानु वा समर्थन जनाउनु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको कडा चेतावनी दिइन्। उनका अनुसार दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ।
“परिवर्तन अरूबाट होइन, आफैंबाट सुरु गर्नुपर्छ,” भन्दै उनले दाइजोमुक्त, समानतामा आधारित विवाह संस्कार अपनाउन सबैलाई आह्वान गरिन्। साथै, विवाह निमन्त्रणापत्रमै ‘दहेजमुक्त विवाह’ लेखेर सकारात्मक सन्देश दिन आग्रह गरिन्।
दाइजोमुक्त समाज निर्माणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै उनले यो अभियानलाई सामाजिक आन्दोलनकै रूपमा अघि बढाउनुपर्ने बताइन्।
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!