काठमाडौं। पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्तुत गरेको १४ बुँदे शान्ति प्रस्ताव पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले प्रस्ताव आफ्नो अपेक्षाअनुसार नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

इजरायली सञ्चारमाध्यम ‘क्यान न्यूज’सँगको कुराकानीमा ट्रम्पले प्रस्तावको विस्तृत अध्ययन गरेपछि पनि आफू सन्तुष्ट हुन नसकेको स्पष्ट पारे। “मैले सबै पढेँ, तर यो स्वीकार्य छैन,” उनले भने। साथै, उनले इरान सम्झौताका लागि इच्छुक देखिए पनि प्रस्तुत सर्तहरू आफूलाई मान्य नभएको बताएका छन्।
ट्रम्पको अभिव्यक्तिले इरानप्रति अमेरिकी प्रशासनको अविश्वास अझ प्रष्ट बनाएको विश्लेषण गरिएको छ। उनले सामाजिक सञ्जालमार्फत विगत ४७ वर्षमा इरानको व्यवहारप्रति आलोचना गर्दै अझै पर्याप्त मूल्य नचुकाएको टिप्पणी गरेका छन्।
इरानले प्रस्तुत गरेको १४ बुँदे प्रस्तावमा युद्धविराम मात्र नभई पूर्ण युद्ध अन्त्यको लक्ष्य राखिएको छ। प्रस्तावअनुसार ३० दिनभित्र सबै विवाद समाधान गर्नुपर्ने सर्त राखिएको छ। त्यसमा अमेरिका तथा उसका सहयोगीबाट भविष्यमा आक्रमण नहुने सुनिश्चितता, इरान वरपर रहेका अमेरिकी सेना फिर्ता, रोक्का गरिएको अर्बौं डलर बराबरको सम्पत्ति फिर्ता, सबै आर्थिक प्रतिबन्ध हटाउने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिने लगायतका माग समावेश छन्।
यसैगरी, प्रस्तावमा होर्मुज जलमार्गमा नयाँ नियन्त्रण संयन्त्र निर्माण, क्षेत्रीय द्वन्द्व अन्त्य, र इरानलाई आफ्नो परमाणु कार्यक्रम सञ्चालनको अधिकार सुनिश्चित गरिनुपर्ने विषय पनि उल्लेख गरिएको छ।
उता ट्रम्पले वार्ता असफल भएमा सैन्य विकल्प खुला रहने संकेत दिएका छन्। “यदि उनीहरूले केही गलत कदम चाल्छन् भने आक्रमण हुन सक्छ,” उनले चेतावनी दिएका छन्।
उनको अभिव्यक्तिले पश्चिम एसियामा शान्ति प्रयास थप जटिल बन्ने संकेत देखिएको छ।
बुटवल। लुम्बिनी प्रदेश सरकारमा राजनीतिक हलचल बढेको छ। सरकारमा सहभागी नेकपा एमालेका चार मन्त्रीले साम ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!