काठमाडौँ । प्रतिनिधिसभाको आजको आकस्मिक समयमा सांसदहरुले मधेस प्रदेशका विभिन्न जिल्लामा भएको आगलागी, सर्पदंशका समस्यादेखि किसानका उत्पादनमा ध्यान दिनुपर्नेसम्मका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएकाछन् ।
उनीहरूले संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने माग पनि गरेकाछन् । बैठकमा सांसद नितिमा कार्की भण्डारीले सर्लाहीमा सर्पको टोकाइको असरबारे चिन्ता व्यक्त गदै सांसद अङ्किता ठाकुरले सप्तरीमा भीषण आगलागीबाट छ परिवारको घरमा क्षति भएको बताए । उनले एक महिनाभित्रै माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन भएकामा सरकारलाई धन्यवाद दिए ।
सांसद निष्कल राईले मुलुकको कार्यकारी प्रमुखले सदनका काम कारवाहीलाई प्राथमिकता दिनुपर्ने बताए । सांसद ऐनबहादुर महरले पनि संसदप्रति सरकार उत्तरदायी हुनुपर्नेमा जोड दिए । सांसद खुश्बु ओलीले लोकतन्त्र केवल चुनाव जित्ने अभ्यास मात्र नभई निरन्तर संवादको प्रणाली पनि भएके बताए ।
नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!