सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेकाछन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो । 

भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे । उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा राखेको सभामुखको स्वकीय सचिवालयले जनाएको छ । 

त्यस अवसरमा राजदूत तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर े । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सुस्ता घटनामा हर्क साम्पाङको प्रश्न– ‘रक्षामन्त्री कहाँ छन् ?’
4 घण्टा अगाडि

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सुस्त ...

छुटाउनुभयो कि ?

TOP