काठमाडौं । धर्मगुरु बालयोगेश्वर विजयकृष्णमूर्ति महाराजले प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको हो।
महाराजले हाल देखापरेको विपत्तिबाट हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै संकटको यस घडीमा सबै सक्षम व्यक्ति, संघसंस्था तथा समुदायले मानवीय सहयोगमा अग्रसर हुनुपर्ने बताएका छन्। उनले विपद्को समयमा पीडित नागरिकको दुःखमा साथ दिनु नै सबैभन्दा ठूलो धर्म भएको धारणा व्यक्त गरेका छन्।
“अहिले देखा परेको विपत्तिमा परेका नागरिकको पीडामा मानवीय मलम लगाउने भावनाका साथ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा यो सहयोग गरेको हुँ,” महाराजले रेड मिडियासँग कुरा गर्दै भने।
उनले सरकार एक्लैले मात्र विपद्को सामना गर्न नसक्ने भन्दै राहत तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए। साथै, विपत्तिबाट प्रभावित परिवारको सहयोगका लागि आ–आफ्नो स्थानबाट सक्दो योगदान गर्न पनि उनले आग्रह गरेका छन्।
प्रधानमन्त्री राहत तथा उद्धार कोषमा विभिन्न व्यक्ति, व्यवसायी, सामाजिक अभियन्ता तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेका बेला विजयकृष्णमूर्ति महाराजको योगदानलाई मानवीय संवेदनासँग जोडिएको सकारात्मक पहलका रूपमा हेरिएको छ। उक्त रकम विपद्पीडित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग गरिने जनाइएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!