बिष्णु माया पौडेल युटुब च्यानलबाट आएको नयाँ तीज गित "साथी "हेर्नेको सङ्ख्या १ लाख पुग्यो

काठमाडौ ।बिष्णुमाया पौडेल युटुब च्यानल मार्फत सार्बजनिक भएको "साथी "तीज गितलाई १ लाख दर्शहरुले  मन पराएकाछन।एउटै ब्यक्तिले धेरै पटक युटुबमा हेरेकाछन। टिकटक,फेसबुक,रिल्स लगायतमा अत्यधिक मानिसहरूले आफ्ना प्रस्तुति देखाएर खुशी व्यक्त गरेकाछ।

यस गितबाट युटुबबाट आएको सम्पूर्ण रकम मानव सेवा फाउन्डेसन नेपाललाई हस्तान्तरण गरिने घोषणा निर्माण पक्षले गरिसकेकोछ।आएका रकम छोरी घर र मामाघरको लागि खर्च हुनेछ।

 पछिल्लो समयमा छाडा गितहरुले वाक्क दिक्क भएका आम दिदीबहिनीको लागि परिवारको साथमा हेर्न सकिने अत्यन्त राम्रो साथी गित बनेकोछ।अडियो र भिडियो उतिकै ससक्त बनेकोछ।बिष्णुमाया पौडेल र समिक्षा अधिकारको आवाजमा रहेको गित पुरै सुन्ने हो भने जिवनका सबैभन्दा मिल्ने साथीको याद दिलाउछ।

यसको भिडियो टोखा नगरपालिका वडा नम्बर दुइमा रहेको सपन तिर्थमा खिचिएकोछ।बिष्णु माया पौडेलको श्वर सगै शब्द रहेको गितको एरेन्ज कृष्ण बाजुरालीले गरेकाछन।इरा स्टुडियोमा रेकर्ड भएको गितको संगीत /डिरेक्सन आरबी केसिले गरेकाछन।टेकेन्द्र शाहद्वारा कलरिङ/इडिटिङ गरिएको भिडियोको क्यामरामा रामकुमार केसि रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

सरकारी वकिलको निर्देशनपछि हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं
13 घण्टा अघि

काठमाडौं,माघ २५-जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंको निर्देशनअनुसार नागरिक बचाऊ महाअभियानका संयोज ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP