आज बिजयादशमी,मान्यजनको हातबाट टिका र आशीर्वाद ग्रहण गरियो ,यो क्रम पुर्णिामासम्म चल्नेछ
सम्बादाता
२०८१-०६-२६
388
Shares
हिन्दुहरुको महान चाड बडा दशैको आज बिजया दशमी ।९ दिन सम्म राखेको जमरा र टीका लाउने विशेष दिन।सबै भन्दा महत्त्वपूर्ण दिन।आफू भन्दा ठुलाहरुबाट आशीर्वाद लिने दिन।
आजबाट पुर्णिामा सम्म टीका,जमरा लाउने प्रचलन छ।सन्सार भरी छरिएर रहेका हिन्दुहरुले आजको दिनलाइ विशेष महत्वका साथ लिने गर्दछन।
नेपाली हिन्दु हरु खुशी साटासाट गर्दै सबैको जिवनमा सुख,शान्ति ,समृद्धि को कामना गर्दै सम्बन्धहरुको नवीकरण गर्ने परम्परा रहेकोछ।
आज बिहान ८ बजेर ३३ मिनेटमा देबिको बिसर्जन गरेपछि जमरा निकालिन्छ र त्यसपछि टीका लाउन मिल्छ भन्ने पन्चाङ्ग निर्णायक समितिको भनाइ रहेकोछ।
राज्य संचालकले भने बिहानको ११ बजेर ३६ मिनेट जादा उतम साइत रहेको भनिएकोछ।कामको सिलसिलामा सहर गएका,बिदेश गएकाले समेत दशैको मौकामा घर फर्केकाछन।
साथिभाइ ,आफन्त ,ठुला बडाहरुसग भेटघाट गर्ने ,दुख सुखको कुराहरू एक अर्कालाई बताउने गरिरहेकाछन।बर्ष भरिमा सबैभन्दा धेरै निधारमा टीका लाइन्छ आज।निधार भरी दुर्गा भवानीको प्रसाद रातो टीका ,कान भरि र सिरमा जमरा राखिन्छ।
जुटेका परिवार सदस्यहरु जम्मा भएर फोटो खिच्ने,भिडियो बनाउने ,एक अर्कालाई शेर गर्दै सामाजिक संजालमा पोस्ट गर्ने गरिन्छ।
पहिला जन्म दिने आमाबुबाको ,कर्म दिने आमाबुबाको हातबाट टीका ,आशीर्वाद ग्रहण गरेपछि गुरु,आफन्त जन,मान्यजन,ठुला बडाकोमा टीका र आशीर्वाद थाप्न आफ्नो समय मिलाएर पुग्ने चलन छ।
यतिबेला सरकारले समेत रास्ट्रीय बिदा दिएको हुनाले सबै सबैमा खुशियाली छाएकोछ।अनेकौं दुखहरु पनि भुल्ने गरिन्छ यतिबेला ।
मनका तिक्तता हटाएर भुल सुधार गर्दै आगामी दिनमा त्यस्तै खाले गल्ती नदोहोर्याउने दिनको शुरूवात पनि भएको सबैलाइ रेडमिडियाको तर्फबाट बिजय दशमिको हार्दिक शुभकामना
सम्बादाता
२०८१-०६-२६
388
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!