सामाजिक सद्भाव र एकता कायम हुने छठ पर्व हर्ष उल्लासका साथ सम्पन्न
सम्बादाता
२०८१-०७-२३
384
Shares
२३ ,कात्तिक, काठमाडौं ।उदाउँदो सुर्यलाई अर्घ दिएर धुमधामसग छठ पर्व मनाइयो।देशै भरका नदि किनारामा ब्रतालुहरुले अघिल्लो दिन अस्ताउदो सुर्यलाई अर्घ दिएर व्रत बसेकाहरु रातैभर जाग्राम बसे।
अत्यन्त कठिन ब्रतको रुपमा लिने छठीमाइको व्रत खास गरि महिलाहरुले बस्ने गर्छन् ।थुक समेत ननिली बस्ने यस्तो आस्थाको ब्रतमा पुरुष हरुले महिलाहरुलाइ सहयोग गर्ने गर्छन् ।
विशेष गरि सन्तान नहुनेले सन्तानको अपेक्षा राख्ने र उनीहरुको दिर्घायुको लागि यो व्रत बस्ने गरिन्छ।व्रत बस्नाले स्वयंको स्वास्थ राम्रो हुने,श्रीमान ,परिवारको समेत लामो आयु हुने ,सुख सान्ती ,समृद्धि जिवनमा आइ दुख कस्ट हट्ने जन बिश्वास रहेको पाइन्छ।
सामाजिक सद्भभाब र एकताको चाडको रूपमा बिकास हुन थालेको छठ पर्व सबै समुदायले मनाउन थालेकाछन।तराई मधेसमा मनाउदै आएको छठ पर्ब अहिले देशै भर मनाइन्छ,छठ चाडलाई नेपाल सरकारले राष्ट्रिय चाड मानेर सार्बजनिक बिदा दिन थालेकोछ।
काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छाएको थियो।पुरै बेहुली सिङ्गारिए झै सिङ्गारिएको थियो नदि किनारा तलाउ।छठ पर्बको उपलक्ष्यमा काठमाडौको आठ ठाउँमा छट घाट निर्माण गरिएको थियो।
काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको हो ।
निर्माण गरिएको स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको थियो।जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतको किनारमा श्रद्धालुहरू अघिल्लो दिनदेखि पूजा सामग्री लिएर जम्मा भएर व्रत बसेका थिए।
यस्तै ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरू पनि झकिझकाउ पारिएको थियो। कतिपय ठाउँमा बिहानैदेखि त कतै अपराह्न पूजा सामग्री लिएर भक्तजनहरू जलाशय किनारमा भेला भएका थिए ।
पोखरी नहुने क्षेत्रमा इनारहरू सजाएर छठ पूजा गर्ने परम्परा छ ।विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रका मानिसले पनि मनाउने गरेका छन् ।
काठमाडौ राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम भएको छ ।
छठको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिएका थिए ।सनातन हिन्दुहरु सबै मिलि छठलाई विशेष बनाउन सबै लागेको देखिन्छ।
सम्बादाता
२०८१-०७-२३
384
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!