२४ मङ्सिर काठमाडौ ।गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा गृहिणी महिला संघ नेपालले आज सोमबार गोकर्णेश्वर-३मा स्वास्थ सिबिर कार्यक्रम सम्पन्न गर्यो।
नव सुन्ताखान ऐकेडेमीमा राखिएको पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि रोगको प्रारम्भिक परिक्षण गर्ने सिबिरमा स्थानीय महिलाहरुको उल्लेख्य सहभागी रहेको गृहिणी महिला संघकि अमृता शर्माले बताइन ।
झन्डै एकसय गृहिणी महिलाहरुले परिक्षण गर्ने अबसर प्राप्त गरेका थिए।परिक्षण गरिएका मध्येमा १० जना महिलाहरुको स्वास्थ समस्या देखिएपछि उनिहरुलाइ उपचार समेत गरिएको बरिस्ठ स्त्रीरोग विशेषज्ञ डा.कस्तुरी मल्लले बताइन् ।सहभागी महिलाहरु घर आगनमै महत्वपूर्ण सिबिर आएकोले निक्कै खुशी देखिन्थे ।
नव सुन्ताखान एकेडेमीका पृन्सिपल सुदर्शन थापाले सिबिरमा भाग लिन सबै महिलाहरुलाइ खबर गरेका थिए।त्यसै वडाका अध्यक्ष ,नगरपालिकाकि सामाजिक बिकास प्रतिनिधि ,गृहिणीका अन्य ब्यक्तिहरुको समेत उपस्तिथि रहेको थियो।
एघार बजेबाट सुरु भएको सो सिबिर तीन बजेसम्म भएकोथियो।
सम्बादाता
- २०८१-०८-२५
एक बर्ष अगाडि
काठमाडौ ।नेकपा एमालेको केन्द्रीय कमिटीको आठौं बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा अवस्थित तुल्सी
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!