नगर प्रमुख घुससहित रंगेहात पक्राउ

सिरहा, असार ३२ – सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख राम पुकार साहलाई घुससहित रंगेहात पक्राउ गरिएको छ। उनले वडा नं. ६ मा सञ्चालित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवास कार्यालयबाट खटिएको टोलीले प्राप्त उजुरीको आधारमा उनीमाथि निगरानी राखेर आज नियन्त्रणमा लिएको हो। आयोगका अनुसार नगर प्रमुख साहले बिचौलिया मार्फत सेवाग्राहीसँग घुस मागेको प्रमाणसहित नियन्त्रणमा लिइएको छ।

उनीसँग घुसबापतको एक लाख रुपैयाँ फेला परेको र थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

यस घटनाले स्थानीय तहमा बढ्दो भ्रस्टाचार र जनप्रतिनिधिको भूमिकामाथि पुनः प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
5 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP