बहुबिवाह जघन्य अपराध हो, कानुनको मस्यौदा ठट्टाको विषय होइन : सांसद मिना श्रेष्ठ

विराटनगर, साउन १८ – नेकपा एमाले नेतृ तथा कोशी प्रदेश सभाकी सदस्य माननीय मिना श्रेष्ठले बहुबिवाहलाई सामान्यीकरण गर्ने किसिमको कानुनी मस्यौदाविरुद्ध आक्रोश व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सांसद श्रेष्ठले बहुबिवाहलाई “जघन्य अपराध” भनी परिभाषित गरेकी हुन्।

“एउटा श्रीमती हुँदाहुँदै जुनसुकै कारण वा बहानामा दोस्रो विवाह गरिने हो भने त्यसबाट महिलाहरूलाई मानसिक, शारीरिक र सामाजिक हिंसाको शिकार बनाइन्छ,” सांसद श्रेष्ठले लेखेकी छन्, “समाजमा यस्ता घटनाका असंख्य उदाहरणहरू छन्।”

उनले यस्ता गम्भीर विषयलाई “मिडिया ट्रायलको विषय बनाइनु दुःखद” भन्दै, कानुन निर्माणलाई गम्भीर र संवेदनशील विषयको रूपमा हेर्न सांसदहरूलाई आग्रह गरेकी छन्।

“कानुनको मस्यौदा ठट्टाको विषय होइन। महिला हिंसाको सम्भावना हुने एक लाइन पनि त्यहाँ नरहोस्। यस्तो प्रस्ताव खारेज गरौं,” भन्दै उनले प्रतिनिधि सभामा दर्ता गरिएको बहुबिवाहसम्बन्धी प्रस्तावप्रति कडा असहमति प्रकट गरेकी हुन्।

सांसद श्रेष्ठको यो अभिव्यक्ति सार्वजनिक भएपछि बहुबिवाहविरुद्धको जनस्तरको बहस थप चर्किने देखिएको छ। महिलामाथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै आएकी श्रेष्ठको भनाइलाई धेरै महिलावादी संघ–संस्थाहरूले समर्थन जनाएका छन्।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
4 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP