बागमतीमा एमालेको तर्फबाट बानियाँ सरकारमा ६ मन्त्री टुंगो, किरण थापा स्वास्थ्यमा दोहोरिंदै

हेटौंडा, साउन २० — बागमती प्रदेशमा इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने सरकारमा नेकपा एमालेले पठाउने ६ जना मन्त्रीको नाम टुंगो लगाएको छ। एमालेले एक पुरानासहित पाँच नयाँ अनुहारलाई सरकारमा पठाउने निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि सम्हालेका किरण थापा मगर पुनः सोही मन्त्रालयमा दोहोरिने भएका छन्। बाँकी पाँच मन्त्रालयका लागि नयाँ व्यक्तिहरू सिफारिस भएका छन्।

एमालेले तोकेको नामावली यस प्रकार छ:

श्रम, रोजगार तथा यातायात – जयराम थापा (काठमाडौं)

 

वन तथा वातावरण – भरतबहादुर केसी (दोलखा)

 

कृषि तथा पशुपन्छी विकास – मधुसुधन पौडेल (ललितपुर)

 

भौतिक पूर्वाधार विकास – डा. दिनेशचन्द्र देवकोटा (काठमाडौं)

 

उद्योग, वाणिज्य, भूमि तथा प्रशासन – विन्दु श्रेष्ठ (काठमाडौं)


यसअघि कांग्रेस संसदीय दलको नेता रहेका बहादुरसिंह लामाले पद गुमाएपछि पार्टीको दबाबमा राजीनामा दिएका थिए। लामाको राजीनामासँगै कांग्रेसले इन्द्रबहादुर बानियाँलाई नयाँ दलको नेता चयन गरेपछि आज उनलाई मुख्यमन्त्री पदको सपथ गराउने तयारी भएको हो।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
4 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP