मकवानपुर, साउन २० — बागमती प्रदेश सरकारमा आज आठ नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा उनीहरूलाई शपथ गराएका हुन्।
सत्ता गठबन्धन अन्तर्गत कांग्रेसका २ र नेकपा (एमाले) का ६ मन्त्रीले सपथ लिएका छन्। एमाले कोटाबाट मधुसुदन पौडेल कृषि तथा पशुपंछी विकास, डा. दिनेश चन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम, रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य तथा जनसंख्या र बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बनेका छन्।
त्यस्तै, नेपाली कांग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री नियुक्त भएका छन् भने शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री बनाइएको छ।
कांग्रेसको भागमा परेको ७ मन्त्रालयमध्ये २ मन्त्रीमात्रै पठाइएको छ भने बाँकी ५ मन्त्रालय मुख्यमन्त्री बानियाँ आफैंले मातहत राखेका छन्। प्रदेशमा कार्यकारी संरचना पूर्ण नहुदै पनि मन्त्रिपरिषद् विस्तार गरिएको छ।
काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

प्रतिक्रिया