पोखरा वर/पिपल प्रकरण : फाउन्डेसन कर्मचारी निर्दोष, अदालतको साधारण तारिखमा रिहा आदेश

पोखरा, साउन २३ — पोखराको वर/पिपल प्रकरणमा संलग्नको आरोप लागेका मानव सेवा फाउन्डेसन नेपालका एक कर्मचारीलाई कास्कि जिल्ला अदालतले निर्दोष ठहर गर्दै साधारण तारिखमा रिहा गर्ने आदेश दिएको छ। आदेशअनुसार उनलाई एक दिन पनि हिरासतमा नराखी तत्काल रिहा गरिएको हो।

उक्त घटनामा संलग्न ठहर गरिएका केही स्थानीय व्यक्तिलाई भने पाँचदेखि दश हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

मानव सेवा फाउन्डेसन नेपालका अध्यक्ष बिजय कृष्ण मुर्तिले घटनालाई योजनाबद्ध र प्रायोजित षड्यन्त्र भएको दाबी गरेका छन्। उनका अनुसार, कोटिहोम सञ्चालनसम्बन्धी विवादमा पोखरा उच्च अदालतले यसअघि तीनपटकसम्म फाउन्डेसनकै पक्षमा फैसला गरिसकेको छ।

मुर्तिले भने, “फाउन्डेसन र सेवामा समर्पित व्यक्तिमाथि लगाइएका आरोप संस्थाको छवि बिगार्न गरिएको हो। यस पटकको घटनाको उद्देश्य पनि सामाजिक सद्भावमा खलल पुर्‍याउनु र संस्थाको लोकप्रियता कमजोर पार्न खोज्नु थियो”
 

प्रतिक्रिया

सम्बन्धित समाचार

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर
4 घण्टा अघि

काठमाडौँ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टिआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क, २०२५ ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP