झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड

झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड

काठमाडौ पुस १६-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झण्डै २४ घण्टापछि सञ्चालनमा आएको छ।

ग्याँस बुलेट पल्टिएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएपछि मंगलबार बिहान करिब ७:५० बजेदेखि सवारी आवागमन ठप्प भएको थियो। मुख्य राजमार्ग बन्द हुँदा यात्रु तथा सवारी साधनहरू लामो र घुमाउरो वैकल्पिक ग्रामीण सडक प्रयोग गर्न बाध्य भएका थिए।

जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरका अनुसार क्रेनको सहायताले ग्याँस बुलेटलाई सडक किनारमा सारिएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी रूपमा खुलेको हो।

दुर्घटनापछि ग्याँस चुहिएको भन्दै आगलागीको जोखिम बढेकाले दमकल प्रयोग गरी पानी हाल्दै सुरक्षात्मक उपाय अपनाइएको थियो। दुईवटा क्रेनको सहायताले बुलेट उठाइ सडक किनारमा राखिएको छ। साथै, कालोपत्रे सडकमा पानीको फोहोरा हानी सफा गरिएको ट्राफिक कार्यालयले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कमला डाइभर्सनमा कुलमानको स्पष्ट भनाइ
4 हप्ता अगाडि

काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

छुटाउनुभयो कि ?

TOP