जाँचबुझ आयोगका अध्यक्षलाई प्रश्न : केपी ओली बयानका लागि नआए के हुन्छ ?

काठमाडौँ पुस १८- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको सत्यतथ्य छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई बयानका लागि पत्र पठाउने तयारी भइरहेको जानकारी दिए। प्रधानमन्त्रीसँगको भेटमा आयोगको काम कहाँसम्म पुगेको भन्ने विषयमा जिज्ञासा राखिएको र त्यसबारे आफूले जानकारी गराएको अध्यक्ष कार्कीले बताए।

उनका अनुसार आयोगलाई प्रतिवेदन बुझाउन एक महिना समय थप गरिएको छ र तोकिएको समयभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP