काठमाडौँ पुस १८-राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति सहज भएसँगै छपाइ तथा वितरण प्रक्रिया साविकअनुसार सञ्चालन गर्ने भएको छ। जेनजी आन्दोलनअघि लागू रहेको व्यवस्थाअनुसार अब राहदानी छपाइ गरी तोकिएको तालिकाअनुसार सम्बन्धित कार्यालयहरूमा पठाइने विभागले जनाएको छ।
राहदानी विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार अब जिल्ला तथा इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमार्फत राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको राहदानी समयमै छपाइ गरी पूर्ववत् प्रणालीअनुसार वितरण गरिनेछ।
तत्काल राहदानी आवश्यक परेका सेवाग्राहीका लागि विभागमा आवेदन दिने व्यवस्था पनि खुला गरिएको छ। आवेदकले आफूलाई उपयुक्त समय रोजेर विभागमा उपस्थित भई सेवा लिन सक्ने गरी पर्याप्त भेट समय उपलब्ध गराइएको विभागले जनाएको छ।
विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट गत मङ्सिर १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीको राहदानी तयार गरी सम्बन्धित कार्यालयमा पठाइसकिएको छ। त्यसपछि आवेदन दिएका सेवाग्राहीको राहदानी पुस २५ गतेसम्म पठाइसक्ने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, विदेशस्थित नेपाली नियोगमार्फत मङ्सिर मसान्तसम्म आवेदन दिएका आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइसकिएको र बाँकी आवेदकको हकमा नियमित तालिकाअनुसार राहदानी पठाइने विभागले जानकारी दिएको छ।
विभागले यही महिनाको २५ गतेपछि भने साविककै समय तालिकाअनुसार एकदेखि दुई हप्ताको अन्तरमा राहदानी छपाइ गरी सम्बन्धित कार्यालयहरूमा पठाउने स्पष्ट पारेको छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया