काठमाडौं, माघ १८ — नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। केन्द्रीय बैंकले ५२ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउनेछ।
निक्षेप संकलनको बोलकबोल आइतबार (माघ १८) हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ। न्यूनतम १० करोडदेखि अधिकतम पाँच करोड रुपैयाँसम्म प्रस्ताव गर्न सकिनेछ।
बोलकबोल प्रक्रियामा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंकलाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गरिनेछ। संकलित निक्षेपको साँवा र ब्याज भुक्तानी चैत ११ गते हुने राष्ट्र बैंकले जनाएको छ।
यस कदमले बजारमा तरलताको असन्तुलन कम गर्दै मौद्रिक स्थायित्व कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया