जनकपुरधाम। प्रतिनिधिसभा निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन आयोग नेपाल ले साहको स्वामित्वमा रहेको एक निर्माण कम्पनी कालोसूचीमा परेको विषयमा उजुरी परेपछि स्पष्टीकरण माग गरेको थियो। आयोगका अनुसार प्राप्त जवाफ सन्तोषजनक नभएपछि उम्मेदवारी रद्द गर्ने निर्णय गरिएको हो।
निर्वाचनको मुखैमा आएको यो निर्णयले धनुषा–१ को राजनीतिक समीकरणमा उल्लेखनीय असर पार्ने देखिएको छ। रास्वपाको चुनावी रणनीति प्रभावित हुने आँकलन गरिएको छ भने अन्य दलहरूलाई नयाँ अवसर सिर्जना भएको विश्लेषण गरिएको छ।
यस विषयमा रास्वपाले औपचारिक धारणा सार्वजनिक गर्न बाँकी रहेको छ।
काठमाडौँ ।चैत्र शुक्ल पूर्णिमाको पावन अवसरमा आज देशभर श्रद्धा, आस्था र भक्तिभावका साथ हनुमान जन्मजयन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!