काठमाडौँ,माघ २१ — निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ।
आयोगले आज प्रकाशित गरेको अन्तिम सूचीअनुसार ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल ३ हजार १३५ उम्मेदवार रहेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा बन्दसूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार रहेको उल्लेख गरिएको छ।
आयोगले तोकिएको कानुनी प्रक्रिया पूरा गरी अन्तिम सूची सार्वजनिक गरिएको जनाएको छ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया