काठमाडौं,माघ २४-आईसीसी टी–२० क्रिकेट विश्वकप आजबाट औपचारिक रूपमा सुरु हुँदैछ । उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्ड्सको सामना गर्नेछ । दुवै टोली विजयी सुरुआतको खोजीमा मैदान उत्रिनेछन् ।
पाकिस्तान आईसीसीको पूर्ण सदस्य राष्ट्र हो र उसले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा सम्पन्न विश्वकपका शीर्ष आठ टोलीभित्र पर्दै सोझै छनोटको प्रावधानबाट यस संस्करणमा स्थान बनाएको हो । नेदरल्यान्ड्स भने यूरोपियन क्षेत्रीय छनोट पार गर्दै विश्वकपमा पुगेको हो । यी दुईबीचको खेल श्रीलंकाको कोलम्बोस्थित सिन्हालेसे स्पोर्टस क्लब क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुनेछ । दुवै टोली प्रतियोगिताको समूह ‘ए’ मा छन्, जहाँ भारत, नामिबिया र अमेरिका पनि रहेका छन् ।
आजै हुने दोस्रो खेलमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । वेस्ट इन्डिज आईसीसीको पूर्ण सदस्य राष्ट्र हो र सन् २०२४ मा घरेलु मैदानमा सम्पन्न विश्वकपका शीर्ष आठ टोलीभित्र पर्दै सोझै छनोट भएको थियो ।
स्कटल्यान्ड भने बंगलादेशले विश्वकप नखेल्ने अडान लिएपछि उसको स्थानमा सहभागी हुन पाएको टोली हो । स्कटल्यान्ड आईसीसीको एसोसिएट सदस्य राष्ट्र हो र यसअघि यूरोपियन क्षेत्रीय छनोटबाट बाहिरिएको थियो । यी दुई टोलीबीचको खेल भारतको कोलकातास्थित इडेन गार्डेन्समा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुनेछ । यस संस्करणमा यी दुवै टोली समूह ‘सी’ मा छन्, जहाँ नेपाल, इटाली र इंग्ल्यान्ड पनि रहेका छन् ।
दिनको तेस्रो खेलमा घरेलु टोली भारतले अमेरिकाको सामना गर्नेछ । भारतले आयोजकका रूपमा यस संस्करण खेल्न लागेको हो भने श्रीलंकासँग सह–आयोजन गरिरहेको छ । अमेरिकाले सन् २०२४ को विश्वकपका शीर्ष आठ टोलीभित्र पर्दै सोझै छनोटको प्रावधानबाट विश्वकपमा स्थान बनाएको थियो ।
भारत र अमेरिकाबीचको खेल मुम्बईस्थित वानखडे क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति ७ः१५ बजे हुनेछ ।
मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

प्रतिक्रिया