बलात्कार आरोपित पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना भारतको बैंगलोरबाट पक्राउ !

 

माघ २४, काठमाडौं - बलात्कार आरोप लागेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतको बैंगलोरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ठगुन्नालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर, सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

ठगुन्नाविरुद्ध जाजरकोटकी एक युवतीले बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि फरार रहेका ठगुन्नाको खोजीका क्रममा उनी भारतमा लुकेर बसेको खुलेको थियो ।

पीडित युवती गत २५ मंसिरदेखि काठमाडौंको माइतीघर मण्डलमा ठगुन्नामाथि कारबाहीको माग गर्दै अनशनमा बसेकी थिइन् । लामो समयसम्म पनि अभियुक्त पक्राउ नपरेको भन्दै उनले न्यायको माग गर्दै आन्दोलन गरिरहेकी थिइन् ।

भुपेन्द्र सिंह ठगुन्ना दार्चुला जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २, सुन्डमुन्ड स्थायी घर भई काठमाडौंको रामशाहपथ क्षेत्रमा बसोबास गर्दै आएका थिए । उनी यसअघि नेपाल प्रहरीमा कार्यरत थिए ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि ठगुन्नामाथि कानुनी प्रक्रिया अगाडि बढाइने बताइएको छ ।

[RSS]

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP