मधेस–पहाड जोड्न सर्लाही आएँ : गगन थापा

काठमाडौं,माघ २४-नेपाली कांग्रेसका सभापति तथा सर्लाही–४ का उम्मेदवार गगन थापाले आफू सर्लाही आउनुको उद्देश्य केवल चुनाव नभई मधेस र पहाडबीचको सम्बन्धलाई अझ बलियो बनाउनु रहेको बताएका छन्।उनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र समावेशी विकासबिना मुलुक अघि बढ्न नसक्ने भन्दै कांग्रेस यही बाटोमा दृढ रहेको स्पष्ट पारे।

सनिवार दिउँसो  गोकर्णेश्वर नगरपालिका–६ मा आयोजित ‘सर्लाही–४ र गोकर्णेश्वर नगरपालिका सम्पर्क मञ्च’ कार्यक्रममा सम्बोधन गर्दै थापाले भने, “म सर्लाही आएको मत माग्न मात्र होइन, मधेसलाई देशको मूलधारसँग अझ नजिक जोड्न आएको हुँ।”

थापाले कांग्रेसले ‘इखको राजनीति’ नगर्ने दोहोर्‍याउँदै घृणा, विभाजन र उक्साहटको राजनीति त्यागेर परिणाममुखी बाटोमा अघि बढ्नुपर्ने बताए। उनले कांग्रेसको नेतृत्वमा सरकार बने संवैधानिक संस्थाहरूलाई कमजोर पार्ने अवस्था नआउने दाबी गर्दै राजनीतिक स्थायित्व र संस्थागत लोकतन्त्र कांग्रेसको प्राथमिकता भएको उल्लेख गरे।

कार्यक्रममा उनले विकास, रोजगारी र सुशासनलाई केन्द्रमा राखेर राजनीति गर्नुपर्नेमा जोड दिए। “भावनामा बहकिएर होइन, काम गरेर देश बनाउने राजनीति चाहिन्छ,” उनले भने।

स्थानीय सहभागीहरूले मधेसको विकास, रोजगारी अभाव र राष्ट्रिय राजनीतिबारे जिज्ञासा राखेका थिए। जवाफमा थापाले जनताको आवाज संसद र सरकारसम्म पुर्‍याउने प्रतिबद्धता जनाउँदै आगामी निर्वाचन लोकतन्त्रको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसर भएको बताए।

अन्त्यमा उनले सबै मतदातालाई कांग्रेसलाई मत दिन आग्रह गर्दै भने, “मधेस र पहाडबीच पुल बन्ने राजनीति नै आजको आवश्यकता हो, र यो जिम्मेवारी कांग्रेसले मात्रै पूरा गर्न सक्छ।”

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल ,पुर्ब साम्सद सन्तोष चालिसे लगायतको उपस्थित रहेको थियो।काठमाडौ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश अर्यालले कार्यक्रमको अध्यक्षता गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

इङ्ल्यान्डले नेपाललाई १८५ रनको लक्ष्य दियो
12 घण्टा अघि

काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP