२४ घण्टा नपुग्दै साम्बाको उपचारका लागि विदेशबाट उठ्यो ४१ लाख बढी सहयोग

२४ घण्टा नपुग्दै साम्बाको उपचारका लागि विदेशबाट उठ्यो ४१ लाख बढी सहयोग

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि एक दिनमै विदेशबाट ४१ लाख बढी सहयोग रकम उठेको छ । साम्बाले उपचारको लागि आर्थिक सहयोगको माग गरेसँगै विदेशीबाट २४ घन्टा नपुग्दै ४१ लाख बढी सहयोग प्राप्त भएको हो ।

यो समाचार तयार पार्दासम्म साम्बालाई विदेशबाट ४७ हजार ४८३ न्युजिल्यान्ड डलर (४१ लाख १३ हजार ८०८.७६ नेपाली रुपैयाँ) प्राप्त भएको छ । साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर अर्थात नेपाली १ करोड १६ लाख ४० हजार खर्च लाग्ने उल्लेख गरेकी थिइन् ।

उनको उपचारका लागि नेपालबाट समेत उल्लेखनीय सहयोग मिलेको छ । साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP