काठमाडौ ।इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि संयुक्त रूपमा हवाई आक्रमण गरेपछि मध्यपूर्व क्षेत्र गम्भीर युद्धजन्य अवस्थामा प्रवेश गरेको छ। आक्रमणलगत्तै इरानले पनि कडा प्रतिरोध गर्दै जबाफी फायर गरेपछि अवस्था झन् तनावग्रस्त बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानका विभिन्न भू–भागमा भएको आक्रमणका कारण भौतिक संरचना ठूलो मात्रामा ध्वस्त भएका छन् भने मानवीय क्षतिसमेत भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। निरन्तर विस्फोट, हवाई आक्रमण र सैन्य गतिविधिका कारण त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील बनेको छ।
यसैबीच खाडी मुलुक तथा इजरायलमा रहेका नेपाली दूतावासहरूले आफ्ना नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गर्दै औपचारिक विज्ञप्ति जारी गरेका छन्।
अबुधाबी, दुबई, कतार तथा इजरायलस्थित नेपाली दूतावासहरूले आ–आफ्नो कार्यक्षेत्रभित्र रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन, स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन कडाइका साथ पालना गर्न र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेका छन्।
दूतावासहरूले जारी गरेको विज्ञप्तिमा कुनै आपत्कालीन अवस्था सिर्जना भएमा तुरुन्तै सम्बन्धित नेपाली दूतावास वा कन्सुलर सेवामा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, अफवाह र अपुष्ट सूचनामा विश्वास नगर्न तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारी मात्र अनुसरण गर्नसमेत आग्रह गरिएको छ।
मध्यपूर्व क्षेत्रमा तनाव तीव्र रूपमा चर्किँदै गएसँगै खाडी मुलुकमा कार्यरत लाखौँ नेपाली कामदारको सुरक्षालाई लिएर नेपालमा रहेका परिवारजनमा गहिरो चिन्ता बढ्दै गएको छ। सम्भावित रूपमा द्वन्द्व फैलिन सक्ने आशंकाबीच विदेशस्थित नेपाली नागरिकको सुरक्षा सर्वोच्च प्राथमिकता हुनुपर्ने आवाज थप सशक्त बन्दै गएको छ।
काठमाडौं।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सम्बन्धी बन्दीप्रत्यक् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!