काठमाडौँ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार चैत १९ गते दिउँसो २ बजे बस्ने गरी संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको अधिवेशन बोलाउन सिफारिस गरिएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार अपराह्न ४ बजे बसेको बैठकले उक्त निर्णय गरेको हो।
प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बस्न लागेको यस अधिवेशनमा सभामुख र उपसभामुखको निर्वाचन मुख्य कार्यसूची रहनेछ। नेपालको संविधानअनुसार निर्वाचनपछिको पहिलो अधिवेशन बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने व्यवस्था छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!