केपी ओलीको बन्दीप्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेश अस्वीकार

केपी ओलीको बन्दीप्रत्यक्षीकरणमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेश अस्वीकार

काठमाडौं।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सम्बन्धी बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश मेघराज पोखरेल को एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारसँग लिखित जवाफसमेत माग गरेको हो। अदालतले पक्राउको कारण स्पष्ट पार्दै बहसका लागि उपस्थित हुन सरकारी पक्षलाई निर्देशन दिएको छ।

यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक को निवेदनमा पनि यस्तै प्रकृतिको कारण देखाउ आदेश जारी गरिसकेको छ।

ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्। प्रहरीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी अनुसन्धानका लागि ओली र लेखकलाई पक्राउ गरेपछि परिवारले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दिएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
5 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP