काठमाडौँ,फागुन १६- हालसालै बिबिसीले सार्वजनिक गरेको एक डकुमेन्ट्रीलाई लिएर प्रेस काउन्सिल नेपाल ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। निर्वाचनको मुखमा विदेशी सञ्चारमाध्यमबाट प्रसारण गरिएको यस्तो सामग्री गलत, गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत भएको निष्कर्षसहित काउन्सिलले कडा विज्ञप्ति सार्वजनिक गरेको हो।
प्रेस काउन्सिलले निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका डकुमेन्ट्री सार्वजनिक हुनु देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको संकेत भएको उल्लेख गरेको छ। यसले लोकतान्त्रिक प्रक्रिया प्रभावित पार्ने, जनमत भड्काउने र निष्पक्ष निर्वाचनमाथि प्रश्न उठाउने जोखिम रहेको काउन्सिलको ठहर छ। विज्ञप्तिमा यसलाई विदेशी सञ्चारमाध्यमको अनुचित हर्कतका रूपमा व्याख्या गरिएको छ।
काउन्सिलले नेपाल सरकार र निर्वाचन आयोग लाई यस विषयमा गम्भीर बन्न आग्रह गर्दै कूटनीतिक माध्यमबाट आवश्यक कदम चाल्न अनुरोध गरेको छ। यस्ता गतिविधिले मुलुकको सार्वभौमिकता, स्वाधीनता र निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने भन्दै समयमै हस्तक्षेप आवश्यक रहेको जनाइएको छ।
त्यसैगरी प्रेस काउन्सिल नेपालले नेपाली सञ्चारमाध्यम, सञ्चारकर्मी, संस्था तथा व्यक्तिहरूलाई उक्त डकुमेन्ट्री वा त्यससँग सम्बन्धित कुनै पनि सामग्री प्रकाशन, प्रसारण तथा सामाजिक सञ्जालमार्फत सेयर नगर्न स्पष्ट निर्देशन दिएको छ। यदि यसअघि नै त्यस्ता सामग्री प्रकाशित वा प्रसारित भएका छन् भने तत्काल हटाउन कडा अनुरोध पनि गरिएको छ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रताको नाममा निर्वाचनलाई प्रभावित पार्ने, जनभावना उत्तेजित गर्ने र राष्ट्रिय स्वाधीनतामा आँच पुर्याउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारिएको छ। काउन्सिलको निर्देशनको उल्लङ्घन भए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिइएको छ।
प्रेस काउन्सिल नेपालले सबै सञ्चारमाध्यम र सरोकारवाला पक्षलाई निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार पत्रकारिता गर्न, लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितको संरक्षणमा सजग रहन अपिल गरेको छ।
लुम्बिनी ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै मतदाताका कुरा सुन्न पार्टीका उम्मेदवार र कार् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!