काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले एक विज्ञप्ति जारी गरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन तथा आधिकारिक स्रोतबाट प्राप्त सूचनामात्रै विश्वास गर्न अनुरोध गरेको हो। साथै, यूएई सरकार तथा नेपाली दूतावास र महावाणिज्य दूतावासबाट जारी हुने सुरक्षा सम्बन्धी निर्देशन र सूचनाको पालना गर्न समेत आग्रह गरिएको छ।
विज्ञप्तिमा सम्भावित जोखिमबाट जोगिन सबै नेपाली नागरिकलाई सजग रहन भनिएको छ। आपतकालीन सूचना, सल्लाह तथा सहयोग आवश्यक परेमा अबुधाबीस्थित नेपाली दूतावास तथा दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ।
दूतावासका अनुसार, अबुधाबीस्थित नेपाली दूतावासको आपतकालीन सम्पर्क नम्बर +९७१ ५० ८१८०२८० र इमेल ठेगाना eonabudhabi@mofa.gov.np रहेको छ। त्यसैगरी, दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोन/ह्वाट्सएप नम्बर +९७१ ५० ३९४९३०४ रहेको छ। इमेलमार्फत सम्पर्क गर्न चाहनेले cgnudubai@mofa.gov.np तथा nepalconsulate.dubai@gmail.com मा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ।
दूतावासले यूएईमा रहँदा व्यक्तिगत सुरक्षा र सार्वजनिक शान्ति कायम गर्न जिम्मेवार व्यवहार अपनाउन सबै नेपाली नागरिकलाई पुनः आग्रह गरेको छ।
काठमाडौं।सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सम्बन्धी बन्दीप्रत्यक् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!