सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा चार  हजार ८००  र चाँदीको २२५ ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख नौ हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार २७० निर्धारण भएको छ । 

गत शुक्रवार एक तोला सुन तीन लाख १४ हजार २०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४९५ मा कारोबार भएको थियो । बिहीवार छापावाल सुन प्रतितोला तीन लाख १७ हजार र चाँदी पाँच हजार ५१५ मा कारोबार भएको थियो । गत बुधवार तीन लाख १९ हजारमा एक तोला सुन खरिदबिक्री भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २३ र त्यति नै परिमाणको सेतो धातु ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर उल्लास र शुभकामनाको माहोल
4 दिन अगाडि

काठमाडौं, वैशाख १ — विक्रम संवत् २०८३ साल आजदेखि औपचारिक रूपमा सुरु भएको छ। नयाँ वर्षको आगमनसँ ...

छुटाउनुभयो कि ?

TOP