नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

नयाँ वर्ष २०८३ का लागि नेपाल टेलिकमको विशेष अफर सार्वजनिक

काठमाडौं ।नयाँ वर्ष २०८३ को सुखद अवसरमा नेपाल टेलिकम ले आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ।

कम्पनीले ग्राहकहरूको बढ्दो इन्टरनेट आवश्यकतालाई ध्यानमा राख्दै सस्तो दरमा बढी डाटा प्रयोग गर्न सकिने गरी दुई प्रकारका प्याकेजहरू सार्वजनिक गरेको हो। टेलिकमले ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई विकल्प उपलब्ध गराएको जनाएको छ।

‘न्यु इयर लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्नेछन्। दैनिक ५ जीबी डाटा सकिएपछि पनि २ एमबीपीएस गतिमा अनलिमिटेड इन्टरनेट प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

त्यस्तै, बढी डाटा खपत गर्ने प्रयोगकर्ताका लागि लक्षित ‘न्यु इयर प्रिमियम’ प्याकेजमा ६९९ रुपैयाँमा ३० दिनसम्म प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ। दैनिक १० जीबी डाटा सकिएपछि पनि ३ एमबीपीएस स्पिडमा अनलिमिटेड इन्टरनेट चलाउन सकिने कम्पनीले जनाएको छ।

यो अफर २०८३ वैशाख २ गतेसम्म मात्र खरिद गर्न सकिनेछ। प्रिपेड तथा पोस्टपेड दुवै ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत सजिलै प्याकेज सक्रिय गर्न सक्नेछन्। पोस्टपेड ग्राहकको हकमा भने प्याकेज शुल्क मासिक रेन्टल चार्जमै समावेश गरिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा ग्राहकलाई किफायती दरमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर ल्याइएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP