सदनप्रति सरकारलाई जिम्मेवार बनाउन एमालेको आग्रह

सदनप्रति सरकारलाई जिम्मेवार बनाउन एमालेको आग्रह

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद राजेन्द्रकुमार राईले सदनप्रति सरकारलाई जिम्मेवार बनाउन आग्रह गरेकाछन् ।   
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई छलफल र जवाफमा उपस्थित गराउन माग गरे ।

आफूहरु हिजो पनि कुनै गैह्रसरकारी संस्थामा जागिर खाएर राजनीतिमा लागेको नभई निरन्तर जनताको सेवा गरेर आएकाले नयाँ सांसदहरुले पुराना सांसदप्रति पाठ पढाउन उचित नहुने तर्क गरे ।

     सांसद राईले नेपालको आर्थिक समृद्धिका लागि औषधिकारुपमा प्रयोग गर्ने गरी गाँजाखेतीलाई वैधानिकता दिनुपर्ने तर्क गरे । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कर बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु : अर्थमन्त्री वाग्ले
15 घण्टा अगाडि

काठमाडौं-अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आर ...

छुटाउनुभयो कि ?

TOP