आइसीसी विश्वकप लिग-२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

आइसीसी विश्वकप लिग-२ः वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकियो

काठमाडौँ । वर्षाका कारण स्कटल्यान्ड र अमेरिकाबीचको खेल रोकिएको छ । अमेरिकाले २६ दशमलव ४ ओभर खेल्दा खेल रोकिएको हो । अमेरिकाले चार विकेटको क्षतिमा १६० रन बनाएको छ । अमेरिकाका लागि स्मित पटेलले ७२ तथा कप्तान मोनाङ्क पटेलले १२ रन बनाए ।

यसअघि आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ट्स हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले ४७ ओभरमा ६ विकेट गुमाउँदै ३२१ रन बनायो । पचास ओभरको खेललाई वर्षाका कारण ४७ ओभरमा झारिएको हो । स्कटल्यान्डका लागि फिन्ले म्याकक्रेथले १०२ बल खेल्ने क्रममा ६ चौका र एक छक्काको मद्दतमा ७७ रन बनाए ।

विकेटकिपर म्याथ्यु क्रसले ३२ बलमा ८ चौका र दुई छक्काको सहयोगमा ५८ रन जोडे । त्यस्तै ब्रान्डन म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रन, माइकल इङ्लिसले ३२, मार्क वाटले अविजित २५ तथा माइकल लिस्कले अविजित २८, कप्तान रिची बेरिङ्टनले १० तथा जर्ज मुन्सीले २० रनको योगदान दिए । बलिङतर्फ अमेरिकाका लागि सौरभ नेत्रवाल्कर र जसदीप सिंहले दुई दुई तथा मिलिन्द कुमार र शुभम रन्जनेले एक एक विकेट लिए ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकप २०२६ सुरु हुन दुई दिन बाँकी
2 दिन अगाडि

विश्वकप २०२६: मुख्य विवरण र मिति फिफा विश्वकप २०२६ को औपचारिक उद्घाटन तीन फरक देशमा फरक तरिकाले आ ...

छुटाउनुभयो कि ?

TOP