काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आयोजित दुई दिने अभिमुखीकरण तालिमको आज दोस्रो दिन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह सहभागी हुने भएका छन्।
रास्वपाबाट निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, व्यक्तिगत आचरण तथा पार्टीका मूल उद्देश्यप्रति अनुशासित र मर्यादित बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको हो। उद्घाटन सत्रमा पार्टीका उपसभापति स्वर्णिम वाग्ले ले यस्तो जानकारी दिएका थिए।
ललितपुरस्थित एक पाँचतारे होटलमा सञ्चालन भएको उक्त कार्यक्रममा रास्वपाका १८० सांसदहरूको सहभागिता रहेको छ। कार्यक्रम बिहान १० बजेबाट सुरु हुने भनिए पनि पहिलो दिन राति १० बजेसम्म चलेको थियो। सहभागी सांसदहरूले सक्रिय रूपमा सहभागिता जनाउँदै तालिम अत्यन्त प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।
पहिलो दिन भने सभापति लामिछाने र वरिष्ठ नेता साह उपस्थित थिएनन्। उनीहरूको व्यस्तता र स्वास्थ्य समस्याका कारण पहिलो दिन उपस्थित हुन नसकेको उपसभापति डोलप्रसाद अर्याल ले जानकारी दिएका छन्।
सुनसरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ बर्जुतालको पूर्वी गेट क्षेत्रबाट गैंडाको खाग जस्तो ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!