राष्ट्रपति पौडेलले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपति पौडेलले आज संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । रामचन्द्र पौडेल ले आज (चैत २७) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।

संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ बजे संघीय संसद् अन्तर्गतका दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ।

गत फागुन २१ मा सम्पन्न निर्वाचनपछि सुरु भएको संसद् अधिवेशनलाई सम्बोधन गर्न लागिएको हो। नेपालको संविधानअनुसार प्रत्येक नयाँ अधिवेशनको प्रारम्भमा राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वैदेशिक रोजगारीका विज्ञापनमा सम्पर्क विवरण अनिवार्य
4 घण्टा अगाडि

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

छुटाउनुभयो कि ?

TOP