काठमाडौं ।प्रहरी महानिरीक्षक दानबहादुर कार्की ले कानून दिवसको अवसरमा संविधान र कानूनको निष्पक्ष, प्रभावकारी तथा समान कार्यान्वयनबाट मात्र सभ्य, सुरक्षित, अनुशासित र समुन्नत समाज निर्माण सम्भव हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले विधिको शासनप्रतिको सम्मान, न्यायप्रतिको आस्था तथा कानूनको समान अनुपालनले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउँदै नागरिकका अधिकार र स्वतन्त्रताको संरक्षण गर्ने उल्लेख गरेका छन्।
उनले नेपाल प्रहरी नागरिकमैत्री, व्यावसायिक तथा उत्तरदायी सेवामार्फत जनविश्वास अभिवृद्धि गर्न सधैं प्रतिबद्ध, जिम्मेवार र समर्पित रहँदै आएको पनि बताएका छन्।
प्रहरी महानिरीक्षक कार्कीले कानून दिवसले संविधान र कानूनप्रतिको सम्मान, कर्तव्यप्रतिको उत्तरदायित्व, सामाजिक अनुशासन तथा न्यायपूर्ण समाज निर्माणप्रतिको साझा प्रतिबद्धतालाई अझ दृढ बनाउँदै विधिको शासन सुदृढ गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
मध्यपूर्वमा इरान-इजरायलबीच तनाव पुनः चुलिँदै गएको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजराय ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!