काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाएको छ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। यससँगै पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
निगमका अनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजनपछि पनि पाक्षिक रूपमा करिब १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था कायम छ। हाल पेट्रोलमा प्रतिलिटर १६.६५ रुपैयाँ, डिजेलमा १०९.५० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ४१६.३७ रुपैयाँ घाटा रहेको उल्लेख गरिएको छ।
निगमले निरन्तर घाटा भइरहेमा इण्डियन आयल कर्पोरेशन लाई गर्नुपर्ने भुक्तानीमा असर पर्ने र आपूर्ति व्यवस्थापनमा समस्या आउन सक्ने चेतावनी दिएको छ।
यसै कारण लागत मूल्यअनुसार पूर्ण समायोजन नगरी हाललाई पेट्रोलमा १७ रुपैयाँ, डिजेल/मट्टितेलमा २५ रुपैयाँ, एलपी ग्यासमा प्रति सिलिण्डर १०० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा ६ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!