काठमाडौ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोनमार्फत महत्वपूर्ण संवाद गरेकाछन
मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुवै देशबीच विभिन्न क्षेत्रमा भएको सहकार्यको प्रगतिबारे समीक्षा गरिएको बताएकाछन। उनले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउँदै ‘सम्पूर्ण वैश्विक रणनीतिक साझेदारी’ लाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहोरिएको उल्लेख गरेकाछन।
वार्ताका क्रममा पश्चिम एसियाको पछिल्लो अवस्थाबारे पनि छलफल भएको थियो। विशेषगरी होर्मुज जलडमरूलाई खुला र सुरक्षित राख्नुपर्नेमा दुवै नेताले जोड दिएकाछन।
यो जलडमरू अन्तर्राष्ट्रिय तेल आपूर्तिको प्रमुख मार्ग भएकाले यसको सुरक्षा विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। विश्लेषकहरूका अनुसार यस संवादले क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय व्यापार सुरक्षामा सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!