काठमाडौं।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गरिएको छ। साझा यातायातको व्यवस्थापनमा सुरु गरिएको यो सेवा राति ८ बजेदेखि ११ बजेसम्म दुई प्रमुख रुटमा सञ्चालनमा आएको हो।
साझा यातायातका अनुसार पूर्व–पश्चिम रुटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि थानकोटसम्म विभिन्न मुख्य स्थान हुँदै बस सञ्चालन हुनेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध गराइएको छ।
यस सेवा सञ्चालनका लागि ७ वटा विद्युतीय बस प्रयोगमा ल्याइएको छ। प्रारम्भिक चरणमा सीमित बसमार्फत सेवा सुरु गरिएको भए पनि यात्रु माग र प्रयोगको आधारमा आगामी दिनमा विस्तार गर्ने योजना रहेको जनाइएको छ।
यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै बसभित्र सीसीटीभी क्यामेरा जडान गरिएको छ। साथै, केन्द्रीय निगरानी प्रणालीमार्फत बसहरूको गतिविधि निरन्तर अनुगमन गरिनेछ। सुरक्षाका लागि नगर प्रहरीको समेत समन्वय गरिएको छ।
त्यस्तै, यात्रुहरूलाई सजिलो बनाउन ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति (लोकेसन) हेर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उद्देश्यसहित सुरु गरिएको यो सेवा उपत्यकाको रात्रीकालीन आवागमनका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रकाशित गरिने विज्ञापनमा आधिकारिक सम्पर्क ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!