पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ  :प्रधानमन्त्री शाह

पूर्ण निष्ठाका साथ राष्ट्रनिर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ  :प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक्त गरेकाछन् ।  नयाँ वर्षको शुभारम्भ भएको अवसरमा प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै उक्त शुभकामना व्यक्त गरेकाहुन् । 

    “नयाँ वर्षले हामी सबैको जीवनमा सकारात्मक ऊर्जा र राष्ट्रप्रतिको नवीन प्रतिबद्धता लिएर आएको छ,” सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले लेखेकाछन् । “आउनुहोस्, हामी सबै मिलेर आपसी सद्भाव कायम राखौँ र पूर्ण निष्ठाका साथ राष्ट्र निर्माणमा आ–आफ्नो जिम्मेवारी पूरा गरौँ ।”
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डिजिटल स्वास्थ सेवा प्रदान गर्न 'नि :शुल्क स्वास्थ" नामक अनलाइन पोर्टल संचालनमा
4 घण्टा अगाडि

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

छुटाउनुभयो कि ?

TOP