काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीका भ्रातृ संस्थाहरूमा नयाँ नेतृत्व चयन गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला तथा नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका हुन्।
नवनियुक्त नेतृत्वलाई सम्बन्धित संगठनको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित कार्यभार दिइएको बताइएको छ।
पार्टीभित्र लामो समयदेखि भ्रातृ संस्थाको नेतृत्व चयन र महाधिवेशनको विषय पेचिलो बन्दै आएका बेला सभापति थापाले नयाँ नेतृत्व टुंगो लगाएका हुन्।
कांग्रेसभित्र यस निर्णयलाई संगठन पुनर्संरचना र महाधिवेशन तयारीसँग जोडेर हेरिएको छ।
काठमाडौँ | परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!