नेपाल–रुस द्विपक्षीय परामर्श बैठक काठमाडौंमा

नेपाल–रुस द्विपक्षीय परामर्श बैठक काठमाडौंमा

काठमाडौँ । नेपाल र रुसबीचको तेस्रो द्विपक्षीय परामर्श बैठक काठमाडौंमा सुरु भएको छ।दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा बैठक आयोजना गरिएको हो। बैठकमा नेपाल र रुसबीचको पछिल्लो सम्बन्ध तथा आपसी सहकार्यका क्षेत्रबारे छलफल भइरहेको छ।

व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृति र प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय बैठकका मुख्य एजेन्डामा छन्। त्यस्तै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि दुवै पक्षले विचार आदानप्रदान गर्ने बताइएको छ।

नेपाल र रुसबीच लामो समयदेखि कायम कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने र आगामी दिनमा सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने उद्देश्यले बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

युक्रेन युद्ध अन्त्यका लागि रुससँग सहमतिको संकेत, पुटिनका प्रतिनिधिसँग भेटेको ट्रम्पको दाबी
1 हप्ता अगाडि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रतिनिधिसँग भेटवार्ता गरेको ब ...

छुटाउनुभयो कि ?

TOP