जलवायु परिवर्तनको जोखिममा ९ करोड विस्थापित व्यक्ति

जलवायु परिवर्तनको जोखिममा ९ करोड विस्थापित व्यक्ति

काठमाडौं । विश्वभर जबर्जस्ती विस्थापित भएका करिब ९ करोड मानिस जलवायु परिवर्तनका कारण थप जोखिममा रहेको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले जनाएको छ।

निकायका अनुसार विस्थापित मानिसहरू बसोबास गरिरहेका विभिन्न देशमा जलवायु परिवर्तनका असर तीव्र बन्दै गएका छन्। खडेरी, बाढी, अत्यधिक गर्मी तथा अन्य प्राकृतिक विपद्का कारण उनीहरूको जीवन थप असुरक्षित बन्दै गएको छ।

पहिल्यै द्वन्द्व, हिंसा र असुरक्षाका कारण घरबार छाड्न बाध्य भएका मानिसहरू जलवायुजन्य विपद्को दोहोरो मारमा परेको निकायको भनाइ छ। यस्ता विपद्ले उनीहरूको सुरक्षित बसोबास, जीविकोपार्जन र आधारभूत आवश्यकतामा समेत असर पुर्‍याइरहेको छ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विस्थापित समुदायको संरक्षणका लागि थप अन्तर्राष्ट्रिय सहयोग र प्रभावकारी तयारी आवश्यक रहेकोमा जोड दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP