केपी ओलि सरकार एक महिना भित्र ढल्नेछ:भारतिय पुर्ब रअ एजेन्ड
सम्बादाता
२०८१-०९-०१
424
Shares
काठमाडौँ । भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व एजेन्ट लक्ष्मण सिंह विष्ट (लक्की विष्ट)ले केपी ओली नेतृत्वको वर्तमान सरकार एक महिनाभित्र ढल्ने बताएकाछन।
उनको यो खबरले तरंग उत्पन्न गरिदिएकोछ।भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सलाई एक अन्तरवार्ता दिँदै उनले १०,१५ दिनदेखि एक महिनाभित्र ओली सरकार ढल्ने दाबी गरेका छन् ।
यसका लागि एजेन्सीले काम गरिरहेको समेत युट्युबमा प्रकाशित अन्तरवार्तामा उनले दाबी गरेका छन् । तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ,' उनले अन्तर्वार्तामा दाबी गरेका छन् ।
रअ’मा कार्यरत रहँदा थुप्रै देशमा आफूले काम गरेको बताएका उनले नेपालमा पनि सो क्रममा थुप्रै मिसन सफल गरेको बताएका छन् । तर, काम गर्न नेपाल जति गाह्रो अरू देशमा नभएको उनको भनाइ छ । नेपाल खतरनाक देश भएको भन्दै उनले अन्तर्वार्ताका क्रममा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् ।
सम्बादाता
२०८१-०९-०१
424
Shares
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!