काठमाडौं, पुस २४ — घुस/रिसवत मुद्दामा अदालतमा बयान फेरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा पेश गरिएका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालत, काठमाडौंमा दर्ता भएको वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवसम्बन्धी घुस मुद्दामा सरकारी साक्षी बनेका प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदले आयोगमा दिएको बयान विपरीत अदालतमा बकपत्र गरेको पुष्टि भएपछि उनीहरुविरुद्ध कारबाही अघि बढाइएको हो।
आयोगका अनुसार उनीहरूले ७ लाख ३१ हजार रुपैयाँ घुस दिएको कार्य स्वीकार भइसकेपछि कानुनले दिएको छुटको दुरुपयोग गर्दै झुट्टा बयान दिएका थिए।
सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत रहेको ठहर गर्दै बिगो कायम गरी कैद, जरिवाना तथा घुस जफतको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
टोकियो,माघ २६ — जापानको संसदीय राजनीतिमा ऐतिहासिक मोड आएको छ। प्रधानमन्त्री सानाए ताकाइची नेतृ ...

प्रतिक्रिया