काठमाडौं । ईरान–इजरायलबीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता देखिएको बेला त्यसको बहानामा कालाबजारी नगर्न श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पेट्रोलियम पदार्थको सम्भावित अभावलाई अवसर बनाएर कृत्रिम संकट सिर्जना गर्ने र मूल्यवृद्धि गर्ने प्रयास भए कडा कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
साम्पाङले देशमा इन्धनको आपूर्ति र वितरण प्रणालीमा कुनै पनि प्रकारको कालाबजारी, कृत्रिम अभाव वा अनियमितता हुन नदिन सरकारका सम्बन्धित निकायले तत्काल अनुगमन कडा बनाउनुपर्ने बताएका छन्। उनले बजारमा अस्वाभाविक रूपमा मूल्य बढाउने वा भण्डारण गरेर अभाव सिर्जना गर्ने गतिविधि राष्ट्र र जनताको हितविपरीत हुने उल्लेख गरेका छन्।
“ईरान–इजरायल युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा आएको असहज अवस्थाको फाइदा उठाएर कसैले पनि कालाबजारी नगर्नुहोस्,” उनले भनेका छन्, “यस्ता गतिविधि रोक्न अनुगमन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु।”
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिन थालेको छ। नेपालले अधिकांश पेट्रोलियम पदार्थ आयातमा निर्भर रहँदै आएको अवस्थामा अन्तर्राष्ट्रिय परिस्थितिले यहाँको बजारमा समेत असर पार्ने सम्भावना बढेको विश्लेषकहरूले बताएका छन्।
यही परिस्थितिलाई मध्यनजर गर्दै साम्पाङले उपभोक्तालाई मर्का पर्ने गरी कुनै पनि व्यवसायीले अनैतिक फाइदा उठाउन नहुने बताएका छन्। उनले सरकारलाई पनि आपूर्ति व्यवस्थापन, बजार अनुगमन र उपभोक्ता संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेका छन्।
काठमाडौँ | स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलाम ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!