काठमाडौं । प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित नेपाली कांग्रेसका २० जना सांसदको सूची सार्वजनिक भएको छ। विभिन्न समावेशी कोटाअन्तर्गत उनीहरू संसदमा प्रतिनिधित्व गरिरहेका छन्।
खसआर्य कोटाबाट सुशीला ढकाल, रुक्मिणीदेवी कोइराला, रीना उप्रेती, सीता थपलिया, गंगा शाही र अर्जुननरसिंह केसी चयन भएका छन्।
आदिवासी जनजाति कोटाबाट गीताकुमारी सेन्दाङ, गंगालक्ष्मी अवाल, गीता गुरुङ, रेनुका काउचा, सुनिताकुमारी सुवेदी र भीष्मराज आङ्देम्बे प्रतिनिधिसभामा पुगेका छन्।
मधेशी कोटाबाट निनुकुमारी कर्ण, रेखाकुमारी यादव र चन्द्रमोहन यादव चयन भएका छन्।
दलित कोटाबाट हरिनादेवी कामी, पवित्रा विक र मानबहादुर नेपाली सांसद बनेका छन्।
थारू कोटाबाट प्रमिलाकुमारी गच्छदार प्रतिनिधित्व गर्दै संसद पुगेकी छन् भने मुस्लिम कोटाबाट शाहजान खातुन समानुपातिक सांसद बनेकी छन्।
नेपालको संविधानअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न समुदायका प्रतिनिधिलाई संसदमा पठाउने व्यवस्था गरिएको छ।
झापा । मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका किसान रबि नेपालले एउटै जमिनमा २७ प्रजातिका नगदेबाली लगाएर आध ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!