काठमाडौ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली अन्तर्गत निर्वाचन आयोगले दलहरूले पेस गरेका उम्मेदवार सूचीको रुजु प्रक्रिया सुरु गरेको छ।
गत फागुन २१ मा सम्पन्न निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ दलले कुल ११० उम्मेदवारको सूची आयोगमा पेस गरेका थिए। समानुपातिकतर्फ कुल १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो, जसमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएका थिए।
सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्लष्टरअनुसार ५७ सांसदको सूची आयोगमा बुझाएको छ। कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिवादी)ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४-४ उम्मेदवारको सूची पेस गरेका छन्।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, दलहरूले क्लष्टरअनुसार बुझाएको सूचीमा त्रुटि नभएमा सोमबार नै निर्वाचित सांसदको अन्तिम सूची सार्वजनिक गरिनेछ। यदि सूचीमा त्रुटि देखिएमा त्यसलाई सच्याउन तीन दिनसम्म समय लाग्न सक्नेछ।
यो प्रक्रिया दलहरूले बुझाएका सूचीको क्लष्टर मिलानको आधारमा अगाडि बढाइएको हो।
झापा । मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका किसान रबि नेपालले एउटै जमिनमा २७ प्रजातिका नगदेबाली लगाएर आध ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!