काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनले हेमराज शर्मालाई अध्यक्ष चयन गर्ने सहमति गरेको छ। शनिबारदेखि काठमाडौंमा जारी महाधिवेशनमा वर्तमान कार्यसमितिका उपाध्यक्ष शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने निर्णय भएको हो।
विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग कार्यसमिति रहेका थिए। दुई पक्षबीच मंसिर दोस्रो साता एकता गर्ने सहमति भएपछि अध्यक्ष र महासचिवको संरचना तय गरिएको हो। सहमति अनुसार, अध्यक्ष एक र महासचिव दुई रहनेछ। उपाध्यक्ष र अन्य पदाधिकारीको संरचना अझै टुंगो लाग्न बाँकी छ।
हाल उपाध्यक्षमा श्रेष्ठ समूहबाट बुद्धिसागर सुवेदी, मनोज गोर्खाली, लोक दाहाल, र केसी समूहबाट रोविन शेरचन र रोजिना प्रधान राईको नाममा सहमति पुगेको छ। महासचिव पदमा केसी समूहबाट डा. चिरञ्जिवि खड्काको नाम तय भइसकेको छ भने श्रेष्ठ समूहको नाममा सहमति बाँकी छ।
पहिल्यै रोविन शेरचन र रविन बज्राचार्यले पनि अध्यक्षमा दाबी गरेका थिए। पछि बज्राचार्यले उम्मेदवारी फिर्ता लिएर हेमराज शर्मालाई समर्थन गरेका छन्।
संघको पदाधिकारी संख्या बढाएपछि विधान संशोधन आवश्यक पर्नेछ र संशोधन भएपछि परराष्ट्र मन्त्रालयको स्वीकृति पाउनेछ। स्रोतका अनुसार सोमबारसम्म विधान संशोधन र कार्यसमिति चयनको काम सम्पन्न हुने छ।
झापा । मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका किसान रबि नेपालले एउटै जमिनमा २७ प्रजातिका नगदेबाली लगाएर आध ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!