काठमाडौं । मध्यपूर्वमा तनाव तीव्र बन्दै जाँदा यसको प्रभाव विश्वभर फैलिने सङ्केत देखिएको छ। इजरायल र इरानबीचको टकरावसँगै लेबनान, खाडी क्षेत्र र ऊर्जा सुरक्षामा असर पर्ने चिन्ता बढेको छ।
इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाह लक्षित आक्रमण तीव्र बनाएको छ भने इरानले यसको प्रतिक्रिया विश्वव्यापी हुन सक्ने चेतावनी दिएको छ। दुबै पक्षबाट मिसाइल र ड्रोन आक्रमण जारी रहँदा सर्वसाधारणको पनि क्षति भएको छ ।
होर्मुज जलडमरूमध्य आसपास अमेरिकी आक्रमण र खाडी देशहरूमा सुरक्षा सतर्कता बढेसँगै युद्धको दायरा अझ फराकिलो बन्दै गएको देखिन्छ। परिस्थितिले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र विश्व अर्थतन्त्रमा समेत गम्भीर असर पार्ने सम्भावना बढाएको छ।
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले स्वास्थ्य सेवा व्यवस्थापनलाई अझ प्रभावकारी र सहज बनाउन ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!